सीताको ब्याटिङ बरियतामा सुधार


नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उहाँ ९०औँ स्थानमा रहनुभएको छ ।

यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहनुभएको थियो । आइसीसीको बरियतामा पर्ने उहाँ एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुनुहुन्छ । महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहनुभएको छ ।

नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope