दुई सातापछि सिधा सवारी सञ्चालन


हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिराले अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनी परिचालन गरी पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सिधा सञ्चालन हुनसकेका थिएनन् ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए । सडक अवरुद्ध भएपछि मुस्ताङका लागि नेपाल सरकारले पठाएको कोरोनाविरुद्धको भ्याक्सिन पनि मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope