डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न


छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।

नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।

जिल्लाको भित्रीमधेश क्षेत्र जोगवुडा, परशुराम आलितालमा मुख्य रुपमा धान रोप्ने गरिन्छ । त्यसैगरी भागगेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोरोल, अशिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षेबालीका रुपमा धान रोप्ने गरेको पाइन्छ । यो वर्ष समयमै रोपाइँ भएका कारण धान उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope