कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् । आन्तरिक राजश्व कार्यालय कैलालीले गत आव २०७७/७८ मा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले रु चार अर्ब ५० करोड राजश्व उठाउने लक्ष्य दिएकामा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिनुभयो । “यो राजश्व लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो”, देवकोटाले भन्नुभयो, “यस वर्ष लक्ष्यभन्दा राजश्व राम्रो सङ्कलन भएको छ ।” कैलालीको लम्कीस्थित करदाता सेवा कार्यालयबाट पनि गत आवमा रु ५१ करोड ७४ लाख १० हजार राजश्व सङ्कलन भएको छ ।

आयकरतर्फ रु २७ करोड ७१ लाख ५८ हजार, आन्तरिक करतर्फ रु १७ करोड ७२ लाख एक हजार, घरबहाल करबाट रु एक करोड १४ लाख ६९ हजार, अन्तःशुल्कबाट रु चार करोड १९ लाख चार हजार, ब्याजदरतर्फ रु ९४ लाख ८२ हजार, स्वास्थ्य सेवाकर रु १० हजार र शिक्षा सेवा शुल्क रु एक लाख ८७ हजार राजश्व सङ्कलन भएको छ । अघिल्लो आव २०७६/७७ मा करदाता सेवा कार्यालय लम्कीबाट रु तीन करोड ९९ लाख ५५ हजारमात्र राजश्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आव २०७७/७८ मा करदाता सेवा कार्यालय लम्कीबाट रु ४७ करोड ७४ लाख ५५ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले जानकारी दिनुभयो । “अघिल्लो वर्षभन्दा यस वर्ष राजश्व सङ्कलनमा सुधार आएको छ”, उहाँले भन्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope