‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक


राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ । विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गर्नुभएको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताउनुभयो ।

मृगस्थलीमा योगी नरहरिनाथले लेख्नुभएका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उहाँहरुले माग गर्नुभयो । योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope