पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो । अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस