करको दायरा बढाउनुपर्नेमा जोडः मन्त्री खड्का


गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।

आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताउनुभएको थियो । कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए । समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope