गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो


गोदावरी नगरपालिकाभित्रका दुई शिवालय सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भएसँगै आज महादेवको दर्शन र आराधनाका लागि मन्दिरमा दर्शनार्थी आउनेक्रम बढेको हो ।

विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेकाका साथै भएकाको रक्षाका लागि सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको वडा नं १३ स्थित सन्तानेश्वर महादेव मन्दिरमा दर्शन र पूजाका लागि बिहानैदेखि श्रद्धालुको भीड लागिरहेको सन्तानेश्वर संरक्षण तथा सम्वद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कोरोना महामारी बढिरहे पनि १५० रोपनी क्षेत्रफलभित्र रहेको यस महादेव मन्दिरमा कतैबाट पनि बन्द गर्न मिल्ने नहुँदा ठाउँठाउँँँँका भक्तजन मन्दिर आइरहनुभएको छ, मन्दिर आउने दर्शनार्थीलाई मास्कका साथै सामाजिक दूरी कायम गराई हामीले दर्शन पनि गर्न दिइरहेका छौँ ।” मन्दिर हाताभित्र रहेको वनमा इच्छुकका साथै सङ्घसंस्थामा आबद्ध व्यक्तिले वृक्षरोपणसमेत गरिरहेका खड्काले बताउनुभयो ।

वडा नं ३ स्थित प्रत्येक बाह्र वर्षमा सिंहास्त अर्थात् कुम्भमेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढिरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका पुजारी राधाकृष्ण पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष कोभिड सर्ने डरका कारण दुई वर्षअघिको तुलनामा भक्तजन मन्दिर नभित्रिए पनि बिहानैदेखि कुण्डमा स्नान अनि दर्शन गर्न आउने र जानेक्रम भने चलिनै रहेको छ ।” यसैगरी वडा नं ४ स्थित बडिखेलको तपेश्वर महादेव मन्दिरमा पनि स्थानीय दर्शनार्थीको चहलपहल बढिरहेको देखिन्छ । सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सन्तानेश्वर महादेवको मूर्ति प्राकृतिक रहेकाले यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope