पाडाजुगी–उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध


झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ ।

आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३०० मिटर लाइन तान्न नसकिएको प्राधिकरणले जारी गरेको प्रेसनोटमा उल्लेख छ । अवरोधका कारण उर्लाबारीमा निर्माण गरिएको ३३÷११ केभी सबस्टेशन सञ्चालनमा ल्याई विद्युत् आपूर्ति हुन सकेको छैन । नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारवालासँगको केही दिनअघि छलफल गरी निर्माण शुरु गर्ने विषयमा सहमति भएको थियो तर केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुन ः अवरोध गरेका हुन् । मोरङको उर्लाबारी, रतुवामाई पथरी शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको प्राधिकरणको भनाइ छ ।

एशियाली विकास बैंकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारअन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि त्यस भेगका करीब तीन लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत् उपभोग गर्न पाउनेछन् । हाल उक्त स्थानमा झापाको दमकबाट दुईवटा ११ केभी फिडर लाइनमार्फत विद्युत् आपूर्ति गरिएको छ । लाइनको लम्बाइ अत्यधिक भएकाले सामान्य अवस्थामा समेत विद्युत् आपूर्तिमा समस्या आउने गरेको छ । सोही कारण फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या अत्यधिक छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope