लमजुङका किसान कोदो रोप्न व्यस्त


कोरोना सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान र कोदो रोप्न सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेका छन् भन्नुभयो । दोर्दी गाउँपालिका–३ का किसान बुद्धिमान श्रेष्ठले भन्नुभयो, “धान रोपेर बसेका यहाँका किसानलाई कोदो रोप्न भ्याइनभ्याइ छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पनि कोदो रोप्ने चिन्तामै किसान रुमल्लिएका छन् ।” दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका कुमार तामाङले साउनको पहिलो हप्ताबाटै कोदो रोप्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतीपातीको समय भएकाले धान रोपाइँ सक्नासाथ कोदो रोप्न व्यस्त छु ।”

मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङले पनि कोदो रोप्दा रोप्दै दिनबित्ने गरेको र अहिले पर्म तिर्नका लागि पनि रोप्न जानुपरेको बताउनुभयो । आलोपालो गरेरै यहाँका किसान कोदो रोप्ने गरेका छन् । कार्यालयका प्रमुख रोहीणीराज घिमिरका अनुसार जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायत गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९१९ हेक्टर जमीनमा कोदो रापाइँ हँुदै आएकामा करीब ६ हजार १६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको उहाँको भनाइ थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope