वालिङमा साल्ट ट्रेडिङको डिपो


कृषकलाई सहजरुपमा मलखाद तथा अन्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यहाँ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालय स्थापना भएको छ । कार्यालय प्रमुख नगेन्द्र थापाले जिल्लामा पहिलो पटक डिपो खोलिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “डिपो स्थापनासँगै पहिलो चरणमा यहाँका कृषकको मागलाई दृष्टिगत गर्दै अनुदान तथा गैरअनुदानका मलखाद तथा अन्य सामग्री बिक्री वितरण गर्छौं । ” पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोही मार्फत कृषकलाई मलखाद उपलब्ध गराइने छ ।

डिपोले अनुदानमा युरिया, डिएपी र पोटास उपलब्ध गराउनेछ भने बहुतत्वयुक्त मल गैरअनुदानमा बिक्री गर्ने छ । डिपोबाट एसएसपी सादा, जिङ्क, एसएसपी बोरन, एमोनियम सल्फेट गरी चार प्रकारका मलहरु उपलब्ध गराउने प्रमुख थापाले जानकारीदिनुभयो । आगामी दिनमा यहाँका सेवाग्राहीको मागका आधारमा डिपोमार्फत नुन, चिनी लगायतका अन्य सामग्रीहरु सस्तो सुपथ मूल्यमा उपलब्ध गराउने छ । सदरमुकाममा रहेको कृषि सामग्री कम्पनीबाट रासायनिक मल ल्याउँदा ढुवानी बढी लाग्ने गरेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो । डिपो स्थापना भएपछि ढुवानी कम भई मूल्य पनि घट्ने उहाँले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope