एनआरएनए हङकङद्वारा कन्सन्ट्रेटर सहयोग


गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ । स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताउनुभयो ।

उहाँका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ । अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाउनुभएको जानकारी दिनुभयो । एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope