बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन


राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमण बढ्दो क्रममा देखिएकाले परीक्षणको दायरासमेत बढाउनुपर्ने आवश्यकता रहेको डा झाले बताउनुभयो । कोरोन सङ्क्रमणका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

गत असार ३१ गते सङ्क्रमण देखिएको उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५६ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope