मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति


सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिनुभएको थियो । साथै सरकारका कामको समीक्षासमेत गरिएको थियो । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको सहभागिता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope