व्यासले एसीसहितको एम्बुलेन्स चलाउने


व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ ।

नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । नगरपालिकाको मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन प्रक्रियालाई अगाडि बढाइने र नगरवासीलाई सहजरुपमा सेवा प्रदान गरिने जनाइएको छ । कोभिड–१९ र बन्दाबन्दीका कारण सम्झौता भएको करिब छ महिनापछि मात्रै एम्बुलेन्स ल्याइएको हो ।

निकट भविष्यमा व्यास नगरपालिका–१० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । व्यास नगरपालिकाको आफ्नो एम्बुलेन्स नहुँदा विपद्को समयमा सास्ती भोग्नुपरेको थियो । यसअघि दमौली बजार एकाइ समितिले नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सेवा प्रदान गरिएको थियो । नयाँ एम्बुलेन्स आएसँगै उक्त पुरानो एम्बुलेन्सलाई शवबाहनको रुपमा प्रयोग गरिने बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope