महोत्तरीमा सर्पको बिगबिगी


सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो ।

बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै बढेका छन् । साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना उपचारका लागि आएका सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले बताउनुभयो । केन्द्रमा अहिले चार जना उपचाररत छन् । गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए । यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ । केन्द्रमा अहिले दिनहुँ उपचारपछि घर फर्कने र उपचार लिन आउने बाक्लै छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope