महिला हिंसाका घटना बढे


जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् ।

हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ । विसं २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् ।

वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्याङ्क छ । हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७÷७८ को तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३८८ घटनाउपर मिलापत्र भइसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope