बागलुङमा थपिए २८ झोलुङ्गे पुल


‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा २८ नयाँ पुल थपिएका छन् । गलकोटमा पाँच, ढोरपाटनमा चार र जैमिनी नगरपालिकामा दुई पुल बनेका छन् । त्यस्तै निसीखोलामा सात, बडिगाडमा चार, बरेङमा दुई, तमानखोलामा दुई, काठेखोलामा एक र ताराखोला गाउँपालिकामा एक पुल बनेका छन् । गत आवभित्रमा ३३ पुल निर्माणको लक्ष्य लिइएकामा कोरोनाका कारण केहीको काम पछाडि धकेलिएको हो । निर्माणाधीन अवस्थामा रहेका बाँकी पाँच पुल आउँदो असोजसम्ममा बन्ने झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनको काम गर्दै आएका भीमापोखरा युवा क्लब (बिवाइसी)ले जनाएको छ ।

क्लबका कार्यक्रम संयोजक प्रेम केसीका अनुसार ढोरपाटनमा तीन र ताराखोलामा दुई पुल निर्माणाधीन अवस्थामा छन् । चालू आवमा थप ३० पुलको सर्भे पूरा भएर निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन् । गलकोट नगरपालिकाका इञ्जीनियर बलविक्रम दाहालले यस वर्ष नगरमा थप दुई झोलुङ्गे पुलका लागि बजेट आएको बताउनुभयो । सर्भे र लागत अनुमान तयार गरी निर्माण प्रक्रिया थालिने उहाँको भनाइ छ । वडा नं ७ मल्मको आँगाखेत–बामिया जोड्ने ६९ मिटर लामोसहित गलकोटका पाँचवटै पुल निर्माण पूरा भएर सञ्चालनमा आइसकेका छन् । बरु बजेट बेलैमा नआएका कारण अघिल्लो वर्षको भुक्तानीमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope