जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ


सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन । डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर प्राधिकरणले यसमा चासो नदिएको स्थानीयवासी बताउँछन् ।

तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने गरी विमानस्थल बनाउने बचन दिनुभएकामा उहाँको निधन पछि कसैको पनि ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या भइरहेको छ । विसं २०७५ जेठ २६ मा तारा एयरको जहाज जुम्ला विमानस्थलकै धावनमार्गमा दुर्घटनामा परे पनि मानवीय क्षति भने हुन पाएन । त्यसैबेला विमानस्थल स्तरोन्नतिका लागि पहल भएको र प्राधिकरणको टोली पनि पटक–पटक जुम्ला पुगेर फर्के पनि कुनै काम भएको छैन । नेपालगञ्जदेखि जुम्लामा दैनिक न्यूनतम तीनदेखि पाँचवटा उडान हुने गरेको छ । साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि चालकले उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताउनुहुन्छ, तर जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । यात्रुको चापलाई मध्यनजर गर्दा ठूलो जहाजकोे आवश्यकता परेको र त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक भएको विमानस्थलका प्रमुख प्रकाश शर्मा बताउनुहुन्छ ।

हाल जुम्लालगायत डोल्पा, मुगु र हुम्लामा १८ सिटे जहाज सञ्चालमा छन् । कर्णालीका अन्य जिल्लामध्ये जुम्लामा यात्रुको चाप अत्यधिक हुँदा धेरैले टिकट नपाउने समस्या भएका कारण विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको आवश्यकता भएको रहेको उहाँको भनाइ छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भए पनि प्राधिकरण र बुद्ध एयरले अहिलेसम्म चासो नदिएको गुनासो गर्नुहुन्छ


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope