इजरायली ट्याङ्करमा हमलामा इरानको हात छ ः इजरायल


इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ । उहाँले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूसँग रहेको दाबी पनि गर्नुभएको छ । उहाँको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।

बेलायत र अमेरिकाले इरानको हात रहेको आफूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तरराष्ट्रिय कानुनको विपरीत रहेको पनि बताएका छन् । इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ । तेहरानले यसलाई आधारहिन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरुपमा एक किसीमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् । गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ ।

पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्याङ्करमा गत बिहीवार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो । सो आक्रमणमा परी ज्यान गुमाउनेमा एक ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका जनाइएको छ । उक्त हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope