सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण


कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ ।

उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “नगरपालिकाको रु पाँच करोडको लागतमा अस्पतालको भवन निर्माण भएर सञ्चालनको तयारीमा जुटेका छौँ, अस्पताल जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक मेशिनहरुको बोलपत्र आह्वान भएको छ, मेशिनहरु आएर जडान भएर अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन सुरु लगत्तै अस्पतालको सेवा सञ्चालनमा ल्याउँछौँ ।” आगामी असोज १ गते अस्पताल उद्घाटन गरेर सेवा सञ्चालन गरी सेवा पुनः सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शय्या सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० शय्या पु¥याउने गरी तयारी गरिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको र आफ्नो इच्छा साकार भएको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope