तीन ठाउँबाट सडक जोडिँदै


कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोट जिल्लामा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिएका हुन् । दैलेखबाट निर्माण गरिएका तीनवटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने कालीकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताउनुभयो ।

“दैलेखका तीन ठाउँबाट कालीकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेख सडकखण्डको निर्माण भएर कालीकोट सडकखण्ड निर्माण हुन बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरीमा कमी आउने छ । बाटो छोटो हुनेछ ।” सुर्खेतबाट कर्णाली राजमार्गको बाटो हुँदै कालीकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन ठाउँबाट कालीकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिनुभयो ।

“अहिले यी तीनवटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रको काम भइरहेको छ । केही ठाउँमा ठूला भिरमा चट्टान फोड्ने काम पनि जारी छ”, उहाँले भन्नुभयो, “कालीकोटमा दैलेखबाट सडक जोडिएमा छोटो दूरी हुन्छ । तर दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालीकोटमा सडक निर्माणको काम सुस्त छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।”

दैलेखको सदरमुकाम हुँदै कालीकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटर कडा चट्टान भेटिएको कालीकोटको भैंसेगौडाबाट चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेको कालीकोट महावै गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । “यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ”, उहाँले भन्नुभयो, “यस सडकको कालीकोटको भैसैगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ । तर, स्तरोन्नतिको काम गर्न जरुरी छ ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope