तनहुँका उद्योगमा लगानी बढ्यो


तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा दुई हजार एक उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार ६५९ लगानी भएको थियो । आव २०७६÷७७ भन्दा आव २०७७÷७८ मा उद्योग दर्ता सङ्ख्या घटे पनि लगानी भने वृद्धि भएको कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । एक वर्षको अवधिमा जिल्लामा कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएको छ । कृषि तथा वनजन्यतर्फ एक हजार २१९ उद्योग दर्ता भएका छन् ।

गत वर्ष कृषि तथा वनजन्यतर्फ ६०० मात्रै उद्योग दर्ता भएका थिए । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको उहाँले बताउनुभयो । “कोरोना कहरका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम शुरु गरेका छन्”, उहाँले भन्नुभयो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । यसैगरी उत्पादनमूलकतर्फ १२९, निर्माणतर्फ १९, पर्यटनतर्फ ३२३ र सेवामूलकतर्फ ३११ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २६ करोड १० लाख २६ हजार ३७४ रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope