मुस्ताङी ऊनको बजार सुनिश्चित


च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) सङ्कलन केन्द्र स्थापना गरेको जनाएको छ । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिनुभयो ।

“स्वदेशी ऊन प्रशोधन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो पटक मुस्ताङमा सङ्कलन केन्द्र खोलेर रु ९० लाख मूल्य बराबरको दुई हजार किलोग्राम ऊन खरिद गरिसकेका छाँै ।” लामिछानेको नेतृत्वमा सङ्घका उत्सव खनाल, बिजु शाक्य, भीम शेरचन र इन्जिनीयर विवेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर तथा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र च्याङ्ग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै भुवाको सम्भाव्यता अध्ययन गरेर मङ्गलबार काठमाडौँ फर्किएको हो । मनाङमा भुवाको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको सङ्घले लगत्तै डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा जाने जनाएको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ ।

नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । पस्मिना उद्योगीसमेत रहनुभएका इन्जिनीयर मिश्रले मुस्ताङको भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope