सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल


जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गर्नुभएको छ । आज सिन्धुलीगढी पुग्नुभएका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गर्नुभएको हो । सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उहाँले युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा टेवा पु¥याउने बताउनुभयो । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता स्थलमा पर्यटनको माध्यमबाट जिल्लाको आयस्तर वृद्धि हुने उहाँको भनाइ थियो ।

राज्यले विगतको इतिहासलाई जीवन्त दिन लगानी गरेर बनाएको युद्ध सङ्ग्राहलयको सुरक्षाका दृष्टिले सिन्धुलीगढीको सुरक्षाका लागि प्रहरीको युनिट आवश्यकता रहेको जनाउँदै मुख्यमन्त्री पौडेलले आफू हेटाँैडा गएलगत्तै प्रहरी युनिटको व्यवस्थापन सवालमा काम गर्ने बताउनुभयो । युद्ध सङ्ग्राहलय र रानी दरबारको निर्माणले सिन्धुली पर्यटनका लागि गन्तव्यका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले यस्तो इतिहासलाई प्रचारप्रसार गर्नसमेत निर्देशन दिनुभयो । सिन्धुलीगढी परिसरमा पुनःनिर्माण भइरहेको रानी दरबारको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्राप्त बजेटको अधिकतम प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्न आग्रह गर्नुभयो ।

सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलय निर्माण र रानी दरबारको निर्माणपछि जिल्लाको ठूलो आम्दानीको स्रोत बन्ने जनाउँदै उहाँले प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युद्ध सङ्ग्राहलय, रानी दरबार र सिन्धुलीगढीको विकासमा नगरको आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope