बढ्यो कोरोना:रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण


नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ । बुधबार मात्र चारहजार १०७ मा कोरोना पुष्टि भएको थियो ।

दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको हो । हस्तान्तरित सामग्री १२ हजार ५०० सर्जिकल मास्क, पाँचहजार पञ्जा, ९६० बोतल स्यानिटाइजर छन् ।

कोरोनाको पहिलो लहरमा पनि ती दुई संस्थाका सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ती सामग्रीसहित सात भेन्टिलेटर वितरण गरिएको सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिनुभयो । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भइ मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएका उहाँलेभन्नुभयो, “महामारी रोमथामको एकमात्र उपाय खोपनै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पु¥याउन मैले प्राथमिकता दिएको छु ।यसका लागिखोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फतनेपाल रेडक्रसलाईनिःशुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । चिनियाँ रेडक्रसमार्फत नेपाल रेडक्रसलाई एकलाख मात्रा खोप आउँदैछ ।”

सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ ।मास्क, स्यानिटाइजर, पिपिइ, शव व्यवस्थापन झोला, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्रीसरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना,क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथाआवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope