शाकाहारी बिरालो


बिरालोले ‘अबदेखि आफू शाकाहारी हुने र हिंसा नगर्ने’ घोषणा ग¥यो । मुसाहरू दङ्ग परे ।

त्यसपछि उसले मुसाहरूलाई एकैठाउँमा भेला गराएर जीवन र जगत्का बारेमा प्रवचन दिन थाल्यो ।

“हत्या हिंसामै जीवन बित्यो । यो राम्रो बाटो रहेनछ । काशी गएर गङ्गास्नान नगरी मोक्ष प्राप्त हुँदैन । त्यसैले सबै मिलेर जाऊँ हिँड काशीतिर ।”

बिरालाका कुरा सबैले पत्याए । केही दिनपछि अघिअघि मुसाहरूको ताँती लगाएर बिरालो तीर्थयात्राका लागि रमाना भयो ।

पछाडितिरबाट मुसाको सङ्ख्या घट्दै गइरहेको जानकारी बाँचेका मुसाहरूले पछिसम्म पनि पाएनन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope