बेगनासको आकर्षण


पर्यटकीय नगर पोखरास्थित बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनाशतालको दृष्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको स्तम्भमा पछिल्लो सयमा तस्वीर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

स्तम्भमा बेगनासतालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ । बेगनासताल आउने जो कोही पर्यटकले स्तम्भमा फोटो खिचाउनुका साथै त्यहाँ उल्लेखित विषयलाई अभिरुचिका साथ हेर्दै तालबारे जानकारी लिने गरेको रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मिलन तिवारीले बताउनुभयो ।

क्लबले स्थानीय तहसँग समन्वय एवं सहकार्यका आधारमा तालको सौदर्यकरणसहित पर्यटकको आकर्षक बढाउन पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि मनोरमपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटकीय डुङगाघाट नजिकै रहेको कारण पनि स्तम्भ सबैको रोजाइँमा पर्ने गरेको छ । बेगनासतालमा पर्यटकलाई लच्छित गरी १४५ जना व्यवसायीले २४९ वटा डुङगा सञ्चालन गरेको डुङगा व्यवसायी समिति बेगनासका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope