युवाको नेतृत्व विकास र उद्यमशीलतामा परिषद्


राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ । युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरुमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो । परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो । उहाँले धेरै बजेटमा प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका काम गरिरहेको बताउनुभयो । राष्ट्रिय युवा नीति, २०७२ र युथभिजन २०२५ नेपाली युवाको सर्वाङ्गीण विकासका लागि आवश्यकीय मार्गनिर्देशकरूपमा रहेका छन् । यी दुवैले तय गरेको लक्ष्यलाई परिषद्ले पूरा गर्ने छ ।

मुलुकमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा समृद्ध राष्ट्र निर्माणका लागि युवाका क्षेत्रमा काम गर्न सरकारले विसं २०७२ फागुनमा परिषद् गठन गरेको हो । परिषद्ले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना तयार गरी युवा नेतृत्वको विकासमा भूमिका खेल्दै आएको छ ।

वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ । नेपालमा अहिले रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशीलता वातावरणको अभाव, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएको नकारात्मक प्रभाव नेपाली युवाका समस्या हुन् । ती समस्यालाई समाधान गर्दै युवाको सीप र क्षमताका आधारमा नेतृत्व विकास र उद्यमशीलतातर्फ परिषद्ले जोड्दै गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope