किसानलाई अनुदान रकम वितरण


गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ ।

नगरपालिका–२ बटुवाका किसानलाई अनुदानस्वरुप रु १९ लाख ५७५ वितरण गरेको नगरपालिकाले जनाएको ।

नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटरमा रु १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमअन्तर्गत पनि अनुदान वितरण गरेको छ । उत्पादनका आधारमा प्रतिलिटर रु १५ का दरले ६६ किसानलाई रु ११ लाख ८६ हजार ५७५ र गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत १७ किसानलाई जनही रु ७२ हजारका दरले रु सात लाख १४ हजार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख भूपराज अधिकारीले अनुदान कार्यक्रमले नगरभित्रका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेसाप्रति आकर्षित गरेको छ ।” यसबाट किसानहरु आत्मनिर्भर बन्दै गएको उहाँको भनाइ छ ।

नगरप्रमुख अधिकारीले कृषिको बजारीकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको प्रत्याभूति नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यमा किसानहरु उत्साहित भएर लागेकाले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।

नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले कृषक टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको जानकारी दिनुभयो । अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ ४० पैसा प्राप्त गर्नुभएको छ । यसैगरी रानाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत रु ४२ हजार अनुदानसमेत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको यो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुुगेको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope