गणितको भूत अनि जनआन्दोलनको एसएलसी

एकदिन जगत मामालाई सोधँे— “मामा, यो बिजगणित जिन्दगीमा कहाँ काम लाग्छ, के छ यसको महत्व ?” अनि मामा भन्नुहुन्थ्यो— “भान्जा बिजगणितकै सहायताले हो अल्बर्ट आइस्टाइनले “ई बराबर एमसी स्क्वायर”को फर्मुला बनाएको ।


२०५३ सालको मंसिर महीनामा जब हामी अछामको घुघुरकोटबाट कैलालीको मालाखेती झ¥यौँ, खेतका गरामा गहुँका टुसाहरू दशैंको टिकामा लाउने जमरा जस्तै थिए । अछामबाट महेन्द्रनगरको नाइटबसमा बेलुका ५ बजेतिर हिडेका हामी बिहानको ६ बजेतिर कंचनपुरको २ नम्बर चौराहा गुलरिया झ¥यौ । यस अघि घरजग्गा किन्न एकपटक मात्रै मालाखेती पुग्नु भएका बुवाले यसपटक भने बाटो ठम्याउन सक्नु भएन र अलि अघि नै पु¥याउनु भयो । कंचनपुर भएर गए छोटो पर्ने त्यो बाटो उहिले पूरै चारकोसे जंगलकोबीच भएर सानो साइकल मात्रै जाने बाटो हिड्नु पथ्र्याे । गुलरियाको २ नम्बर चौराहाबाट उत्तर लागेपछि सोध्दै जाँदै गर्दा बीच जंगलको बाटो हुँदै हामीले महोना नदी तरेपछि थाहा भयो हामी जानुपर्ने ठाउँको दक्षिणबाट प्रवेश गर्नु पर्ने बाटो छोडेर पश्चिमबाट गाउँ छिरेछौं । पछि कक्षा सातमा बसाइँसराइ  शीर्षकको पाठ पढ्दा पाठमा भएको चित्रमा जस्तै, बाख्रो डोर्याएको बाहेक ठ्याक्कै उसैगरी सरेको चित्र अहिले मानसपटलमा आउँछ । बुवाको हातमा ठूलो एक विआइपी कम्पनीको बाकस । ममीको टाउकोमा सिरक बिस्ताराको गुन्टो अनि काखमा बहिनी । अन्टीको पिठ्युँमा भाँडाकुँडाको डोको । मेरो काँधमा बुवाले बम्बैबाट ल्याएको ६ सिले टेपरेडियो बोकेर हामी पहिले आफ्नो घर नगई आमाका मामाको घर पुग्यौं ।

विभिन्न पारिवारिक समस्या र सुख सुबिधा खोज्न बुवाले पुर्खेउली थातथलो छोडेर तराई झर्ने त्यो हिम्मत गर्नु भएकै हो । ठूलो बुवाको परिवार पहाडमै बस्ने भए । हाम्रो परिवार अंकल अन्टीसँगै तराई सर्ने भयो । पहिलोपल्ट नै चटक्कै पहाडको घर छोड्न सकिएन । दाइको स्कुल अनि अरू घर व्यवहार मिलाउन अंकल, दिदी र दाइ अछाममै बस्नुभयो । कक्षा १ पास भएपछि कक्षा २ भर्ना गरेर आमासँगै म मुम्बई पुगेको थिए । कक्षा २ को छ महिना मुम्बईमै बिताएपछि बाँकी दुई महिना स्कुल त गएँ तर दशैं तिहारसँगै तराई सर्ने उमंगले २ कक्षामा २० दिन पनि स्कुल टेकिनँ । बाँकी वर्षको अन्तिमका ४ महिना तराईको वन जंगल, नदी खोला, गाई वस्तु र समाज पढेर सकियो । 

नयाँ स्कुल नयाँ वातावरण

२०५४ सालको बैशाखमा टेक मामाले ममीको अनुरोधमा फेरि कक्षा २ मै भर्ना गर्नको लागि नजिकैको श्री ग्वासी उच्च मावि पु¥याउनु भयो । दाइले पहाडबाट ४ पासको लब्धाङ्क पत्र ल्याएपछि सोझै कक्षा ५ मा भर्ना हुनुभयो । कक्षा १ पासको लब्धाङ्कपत्र नभएपछि मेरो प्रवेश परीक्षाको रूपमा मलाई नाम लेख्ने लगाइयो । मलाई नाम लेख्न आउँथ्यो । ‘एकेन्द्र’ लेख्नुपर्ने ठाउँमा  आत्तिएर ‘एकेर’ मात्रै लेखेर आएँछु । त्यतिबेला थाहा पाएँ मान्छेले जानेको कुरा पनि आत्तिएर बिगार्दो रहेछ ।

नयाँ स्कुल, नयाँ साथीहरू, नयाँ वातावरण, सुरुको वर्ष त राम्रै गरेझैँ लाग्यो । पहाडबाट आएको सोझो मानेर सधैँ निहुँ खोज्ने केशवलाई त एकदिन कक्षामै गुल्टाएर बेन्चको खुट्टामा टाउको ठोकाई दिएँ । गल्ती उसैको थ्यो सरलाई भनेन, म पनि चुपचाप । त्यो दिनबाट केशवले निहुँ खोज्न छोड्यो । त्यहीँ झगडापछि हुनुपर्छ कान्तिको मनमा म बसँे कि मेरो मन कान्ति बस्यो हामी मिल्ने साथी भयौं । कान्ति पढ्नमा राम्रो विद्यार्थी म आफूलाई औसत ठान्थेँ ।

कक्षा २ र ३ मा कुनै विषय नलागेर पास भएको मलाई कक्षा ४ बाट गणित विषयले साथ दिएन । कक्षामा गणित थोरै बुझ्थें, धेरै बुझेझैँ गर्थें । खासमा गणित विषयले कहिल्यै मेरो ध्यान तानेन न मैले नै जबर्जस्त ध्यान लगाउन सकेँ । कक्षा ५ मा जिल्लास्तरीय परीक्षा हुन्छ अरुको स्कुलमा परीक्षा दिन जानुपर्छ भन्ने हल्ला थियो । अलि बढी मेहनत भयो क्यारे गणितमा पास भएँ तर परीक्षा हाम्रै स्कुलमा भयो । कक्षा ६ मा गणितले सजिलै लडायो । १ विषय लागेर पास भएँ ।

नमिठो मजाक

२०५९/०६० तिर एक समय यस्तो थियो, जहाँ समाचारको नाममा समाचार भरी माओवादी र सेनाको भिडन्तको समाचार मात्रै आउँथ्यो । फलानो फलानो ठाउँमा माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा परी माओवादी र सेनातर्फ यतिको मृत्यु, यति घाइते । कान्तिका दाइ,  मदनदाइ पनि आर्मीमा जागीरे हुनुहुन्थ्यो । कहिलेकाही कान्तिको घरमा गएको बेला कान्तिले पुराना फोटोसँगै मदनदाइका बन्दुक समातेर खिचेका तस्वीरहरू पनि देखाउँथ्यो । त्यो बेला सिनेमामा मात्रै त्यसरी हेर्न पाइने ठूल्ठूला हतियारसँगका फोटाहरू हामी खूब चाख मानेर हेथ्र्यौं । केही फोटो त फ्रेमिङ सहित साथीको घरको भित्तामा पनि झुन्डिएका थिए । हाम्रो गाउँतिर पनि माओवादीको सक्रियता बढेपछि ती तस्वीर गोठमा राखेको गहुँको चिलोमा लुकाएको कुरा कान्ति सुनाउँथ्यो ।

२०५९ सालको हिउँद तिरको कुरा हो । एकदिन साथीहरू टिफिनको समयमा चौरमा बसेर अघिल्लो दिन जुम्लामा भएको नेपाली सेना र माओवादीको भिडन्तको कुरा गर्दै थिए । कुरैकुरामा मोहनले “तेरो दाइ पनि आर्मीमै हैन ?” भनी कान्तिलाई सोध्यो ।

कान्तिले “हो त जुम्लामै हुनुहुन्छ नि” भन्यो । “अनि केही त भएन ?” फेरि सोध्यो मोहनले । कान्तिले बोल्न नपाउँदै मैले “अहिले त केही भएन कुन दिन भुटुटु..” मात्रै के भनेको थिएँ कान्तिको गोठाले मुक्का मेरो बायाँ पेटमा पर्यो । पिडाले केही बोल्नै नसकी थुचुक्क बसेँ । एकछिन सबैजना चुपचाप भए । माहोल शान्त भयो कसैले कसैलाई केही भनेन । टिफिनको घन्टी बज्यो सबै जना उठेर कक्षामा गए । म रुन मात्रै सकिनँ । पीडा रुनुपर्ने भन्दा बढी भयो । पीडा अलि कम भयो अनि म पनि कक्षातिर लागेँ । मैले त्यो मजाक किन गरे आजसम्म पछुतो लागिरहन्छ ।

कान्तिसँग बोलचाल बन्द भयो । अब अलि नजिकको साथी तारिणी बन्यो । तारिणी कक्षा ६ मा बोर्डिङ् स्कुलबाट आएको अब कक्षा फस्ट ब्वाई तारिणी । अंग्रेजी, गणित, विज्ञान लगायत सबै विषयमा उस्तै तारिणी । उसँगै बसे पनि उसलाई सिकाइ मागिनँ आफै गर्ने कोशिश गरेँ । कान्तिलाई सिकाइ माग्न सहज लाग्थ्यो तारिणीलाई सिकाइ माग्न त्यति सहज लागेन । कक्षा सात पनि पास भएँ गणित विषय झुन्ड्याएर ।

हेलो मिस्टर

कक्षा ५ मा हुने भनेको जिल्लास्तरीय परीक्षा जिल्लास्तरीय नभएपछि कक्षा ८ मा जिल्ला स्तरीय परीक्षा हुन्छ भन्ने थियो । कक्षा ८ मा सरोज र प्रकाश बोर्डिङ्बाट आए । पुराना कान्ति लगायत सरकारी स्कुलबाट पहिल्यै आएका ग्रीस र लोकभन्दा बोर्डिङ्बाट आएका साथीहरूको रवाफ नै छुट्टै । पढाई पनि त्यस्तै । अब प्रतिस्पर्धा त तारिणी, सरोज र प्रकाशकै वरिपरि हुन थाल्यो । म त जस्ट पास भए पुगिहाल्छ भन्ने पक्षमा थिएँ । त्यो बेला मेरो मात्रै हैन धेरै अरु साथीहरूको पनि एक आपसमा बोलचाल थिएन । ठाकठुक, झगडा, गुटबन्दी साथीहरूको सामान्य थियो । नबोल्ने साथीहरूलाई बोल्ने बनाउन मध्यस्तताको भूमिका निर्वाह गर्ने साथीहरूको पनि छुट्टै महत्व थियो । नबोल्ने दुई जनालाई सँगै राखेर नामको सुरुको एक एक अक्षर भन्न लगाउने त्यसपछि दुई दुई तीन तीन गरी पूरै नाम भन्न लगाउने र हात मिलाउन लगाउने अनि रोकिएको बोलचाल सुरु भइहाल्थ्यो ।

तर कान्ति र मेरो बीचमा यो सिद्धान्तले काम गरेन भन्दा पनि मध्यस्तकर्ता भेटिएन । हामीलाई बोल्न अर्कै तरिकाले काम गर्यो । आफूसँग बोलचाल बन्द भएको मान्छेसँग बोल्ने एउटा अर्को तरिका थियो ‘मिस्टर’ भनेर सम्बोधन गर्नुपर्ने । नामले बोलाउन नपाइने ‘हेलो मिस्टर’ भन्दै कुरा गर्ने अनि कुरा गर्दै गर्दा सम्मानजनक सम्बोधन र शब्दहरूको प्रयोग गर्नुपर्ने । कक्षा ८ को अन्तिम परीक्षा जिल्लास्तरीय प्रश्नपत्र थियो तर परीक्षा केन्द्र हाम्रै विद्यालय । जसरी पनि सबै विषयमा पास हुनुपर्ने । अरु विषयमा त पास हुन्छु होला तर गणित ? गणितको भूतले हरपल चिन्तामा थिएँ म । परीक्षाको दिन परीक्षा हलमा छिरेँ आफ्नो सिट नम्बर हेरेँ मभन्दा अघिल्लो बेन्चमा कान्ति । अरु विषयमा म आफूलाई कमजोर ठान्थिनँ तर गणितमा आफूलाई केही आउँदैन झैँ लाग्थ्यो । अरु विषयमा खासै सहयोग मागिनँ तर गणितको दिन ‘हेलो मिस्टर’ मलाई पनि देखाऊ है भन्दै अनुरोध गरेको थिएँ । उसले ‘हुन्छ मिस्टर’ भन्दै सहजै अनुरोध स्वीकार गर्यो । पूरै त सार्ने चान्सै थिएन सर यताउता गर्ने बाटोमै थिएँ म तर पास हुने जति सारेँछु । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा दोस्रो श्रेणीमा पास । कक्षा ९ मा एक विषय लागेर पनि पास भइन्छ भन्ने थाहा थियो । ऐच्छिक विषय अर्थशास्त्र र शिक्षा रोज्यौँ । कान्तिले पनि यिनै विषय रोज्यो । सेक्सन त कक्षा ६ देखि नै कान्तिको र मेरो ‘ए’ । गणितका केही अभ्यास ऐकिक नियम, समूह, ज्यामिती र सम्भावना सहज लागे पनि बिजगणित के हो, के हो लाग्थ्यो बाहेक एउटा हिसाब जो परीक्षामा ४ नम्बरको आउँथ्यो एलएचएस = आरएचएस । कक्षा ९ मा कान्तिको निकटताले पनि खासै काम गरेर गणित विषय लागेर पास भएँ ।

जगत मामाको आगमन र गणित परीक्षा बंक

कक्षा ९ को गणित विषय झुन्ड्याएर भए पनि १० मा पुगँे । यसपालि जगत मामा पनि कक्षा ८ सम्मको बोडिङ् स्कुलको निमावि शिक्षा सकेर हाम्रै श्री ग्वासी माविमा भर्ना हुनुभयो । यस अघि जगत मामा र मेरो स्कुल फरक भएकाले स्कुलतिरको कार्यक्रममा खासै सहभागिता थिएन । तर गाउँको बाल क्लब निर्माण, बाल क्लबबाट स साना खोलेसामा हिउँदको महिनामा साइकल चलाएर जान मिल्ने गरी काठे पुल निर्माण, बर्खामा बाटोमा गाईबस्तु बाँध्नेका किला उखेल्ने काम, खेलकूद र अन्य सामाजिक काम सँगसँगै हुन्थ्यो । खाना पनि थोरै जगत मामाको घर, थोरै मेरो घर । पूरा कसैको घरमा नखाने । रातीको बास पनि कैले मामाको घर कैले मेरो घर । जगत मामाको आगमनले मेरो १० कक्षा पनि उत्साहपूर्ण थियो । कारण जगत मामा पढाइमा अत्ति राम्रो हुनुहुन्थ्यो । सबै विषयमा उस्तै राम्रो अनि त्यो बेला एसएलसीमा प्रश्न कक्षा ९ बाट ६०% आउँथ्यो त्यै भएर पनि जगत मामाबाट अंग्रेजी, विज्ञान र गणितमा राम्रो सहयोग पाउने आश थियो ।

एकदिन जगत मामालाई सोधँे— “मामा, यो बिजगणित जिन्दगीमा कहाँ काम लाग्छ, के छ यसको महत्व ?” अनि मामा भन्नुहुन्थ्यो— “भान्जा बिजगणितकै सहायताले हो अल्बर्ट आइस्टाइनले “ई बराबर एमसी स्क्वायर”को फर्मुला बनाएको ।

गणितको भूतले त छोडेको थिएन । अझ ठूलो पिर बिजगणित नबुझेर थियो । फेरि परीक्षामा बिजगणितबाट मात्रै २६ पूर्णाङ्कको प्रश्न आउँथ्यो । एकदिन जगत मामालाई सोधँे— “मामा, यो बिजगणित जिन्दगीमा कहाँ काम लाग्छ, के छ यसको महत्व ?” अनि मामा भन्नुहुन्थ्यो— “भान्जा बिजगणितकै सहायताले हो अल्बर्ट आइस्टाइनले “ई बराबर एमसी स्क्वायर”को फर्मुला बनाएको । यस्ता धेरै समीकरण छन् जसले बम अनि मिसायल बनाउन काम गर्छ । “देशमा युद्ध चर्केको भएर होला दैनिक जीवनमा त्यति काम नलागे पनि भविष्यमा यो महत्वपूर्ण नै रहेछ भनेर चित्त बुझाएँ । कक्षा ८ देखि नै कठायत सरले गणित पढाएको तरिका खुब चित्तबुझ्दो भएकोले अरु बुझेँ तर बिजगणित खासै बुझिनँ । कक्षा १० को त्रैमासिक परिक्षामा खासै बिजगणित पढाउनु भएको थिएन सरले त्यै भएर परीक्षा त्यति गाह्रो लागेन जस्ट पास भए । अर्धवार्षिक परीक्षामा कक्षा ९ को सहित बिजगणित पनि पढाइ सकिएको भागबाट समेत एसएलसीको नमुना प्रश्न पत्रझैं प्रश्न आउने भयो ।

अरु परीक्षा त राम्रै गरेँ गणितको दिन १ घन्टा बितिसक्यो २ पेजबाहेक अघि बढेन कलम । समूह सजिलो लाग्ने ८ अंक सजिलै सक्काएँ तर त्यहाँभन्दा अघि जति बल गर्दा नि सकिनँ । खाली दिमाग शैतानका घर भनेझैँ दिमागमा आइडिया फुर्यो । म झ्यालतिरको सिटमा थिएँ, छेउमा कक्षा ९ की बहिनी जोसँग मेरो खासै बोलचाल हुन्थेन ।

प्रश्नपत्र र उत्तरपुस्तिका फट्टा सहित झ्यालबाट बाहिर फालेँ । सरलाई ५ मिनेट जाऊँ सर भनेर कलम र ज्यामिती बक्स खल्तीमा राखेर बाहिर निस्केँ । सरले अरु खासै विचार गर्नु भएन । शौचालयबाट सोझैं पछाडि गई प्रश्नपत्र र उत्तरपुस्तिका च्यापेको फट्टा समातेर घर लागेँ । घरमा बेलुका जगत मामालाई मात्रै सुनाएँ । उहाँले प्रश्नपत्र मागेर सबै हिसाब उत्तरपुस्तिकामै गर्नुभयो । नतिजा सुनाउँदा सरले गयल भएको जनाउनुभयो अरु केही सोध्नु भएन म चुपचाप बसेँ ।

मेरो संकल्प र नरेश सरको ट्युसन

बंक गरेको गणितको परीक्षाले गम्भीर बनायो । घरमा गएर डायरीमा पनि लेखेँ त्यो दिनलाई “परीक्षा हलबाटै गायब भएपछि” शीर्षकमा दैनिकी अनि प्रतिबद्धता गरे कि जसरी पनि गणित पास भएरै छोड्ने । २ महिनापछि एसएलसी टेस्ट हुने कुरा थियो । टेस्ट पास हुने मात्रै एसएलसी दिन पाउने अरु नपाउने अर्को वर्ष फेरि १० मै पढ्नु पर्ने ।

जगत मामा लगायतको सहयोगबाट अरु हिसाब सिक्न सके पनि बिजगणित एउटा हिसाब बाहेक अरु सिक्नै सकिनँ । यसो विचार गरेँ पास गर्न ३२ अंक चाहिने हो, बिजगणितको २२ अंक छँुदै नछोएर पनि पास हुने । बिजगणितको एलएचएस = आरएचएस प्रमाणित भयो भन्ने हिसाब बाहेक अरु बिजगणितको हिसाब नछुने शर्तमा तयारीमा लागियो । माघको टेस्टमा जम्मा ७४ जना विद्यार्थीमा म सहित ६७ जना पास भयौ ७ जनाले एसएलसी दिन नपाउने भए । एसएलसीको अझैँ ४०÷४५ दिन बाँकी थियो । त्यतिबेला नरेश बिक सर अत्तरियामा गणित विषयको ट्युसनको लागि एकदमै सफल र चर्चित मानिनुहुन्थ्यो । उहाँकोमा ट्युसन पढ्न अत्तरिया वरिपरिका मात्रै नभई कंचनपुरका विद्यालयबाट समेत विद्यार्थीहरू राती ४ बजे अत्तरिया आइपुग्थे । त्यति बेलै हो केही कंचनपुरका साथीहरूसँग पनि चिनजान भयो । भन्नेहरू १२ कक्षा मात्रै पास हुन् नरेश सर भन्थे तर उहाँको बिहान बेलुकाको व्यस्तता हेर्दा उहाँ विद्वान् नै हो झैँ लाग्थ्यो ।

हामीले बिहान ५ बजेको कक्षा पायौँ, महिनाको २५० शुल्क तिरेर । टेस्ट सकिएपछि खासै स्कुल जान परेन । घरमै बसेर तयारी गर्नुपर्ने । बिहान् ४ः३० बजे नै अत्तरिया जानुपर्ने भयो । केही साथीहरू सहित बिहान साइकलमा अत्तरिया गएर ट्युसन अनि दिनभरी घरमा बसेरै तयारी । नरेश सरलाई सुरुमै भनेको थिएँ— “म बिजगणित बुझ्दिनँ सर । कक्षामा आए पनि पढ्दिन ।” शुल्क दिँदा पनि २२० मात्रै बुझाएँ । ३० रुपैयाँ बिजगणितको कटाएँ उहाँले हाँसेर प्रतिक्रिया दिनुभयो केही भन्नु भएन । मित्रवत् रुपमा तर कडा अनुशासनमा पढाउने उहाँको तरिकाले मन जित्यो । गणितसँगै उहाँले एउटा अर्को कुरा पनि सिकाउनु भयो । कसैलाई कलम दिँदा कलमको क्याप आफैसँग राख्ने । उहाँ पनि कतिपय विद्यार्थीहरूसँग कलम नभएको दिन आफैँ कलम दिनुहुन्थ्यो तर पेनक्याप आफैसँग राखेर ।

पास पास अनि गणितमा ३६ नम्बर

चैत्र १४ गते एसएलसी सुरु भयो । दुर्गालक्ष्मी मावि अत्तरियामा परीक्षा सेन्टर पर्यो । एकेन्द्र नाम भएर होला सुरुकै बेन्चमा परियो । साथीहरू सबै मभन्दा पछाडि । चिटको नाममा परीक्षामा गणित र विज्ञानका याद नभएका सूत्रहरु कतै न कतै लेखेर जान्थेँ अनि शौचालयमा गएर हेर्थें । देशमा दोस्रो जनआन्दोलनको तयारी हुँदै थियो । अंग्रेजीको प्रयोगात्मक परीक्षाको दिन जनआन्दोलन सुरु भयो । सवारीसाधन र बजार बन्द । साइकलमा परीक्षा केन्द्र पुगियो फर्किंदा अत्तरिया चोकमा टायर जल्दै थिए । हुलका हुल मानिस राजतन्त्रको विरुद्धमा नारा लगाउँदै थिए । देशमा जनआन्दोलन दिन दिन उत्कर्षमा बढ्दै थियो । रिक्सा रिजर्भ गरेर नयन मामा र म एसएलसी पछि २ महिनाको लागि मुम्बई गयौं । मैले मुम्बईमा दाइको काम सम्हाल्नुपर्ने भयो । स्विमिङको काम सकिनँ । लिफ्टको काम दाइ घर गएर नआउँदासम्म गर्नुपर्ने भयो । दाइ यता घर लगाउनुपर्ने काम भएर घर आउनु भयो । मुम्बईमा नेपाल न्युजबाट नेपालको जनआन्दोलन नियाल्न पाइयो । ठाउँ ठाउँमा भएका जनआन्दोलन र सहिद हुनेहरूको लिस्ट हरेक बिहान पत्रिकाले नै दिन्थ्यो ।

दाइ घरबाट मुम्बई फर्केपछि म फेरि नेपाल घर आएँ । असारको महीना लगभग रोपाइँ सकिएको थियो । गाउँमा अघिल्लो दिन बेलुका ८ बजेको समाचारले २०६२ सालको एसएलसीको नतिजा प्रकाशनको अन्तिम तयारीमा भन्दै थियो । लाग्यो अब भोलि बिहान त आउला भनेर सुतेको बिहान ७ः३० बजेतिर मात्रै बिउझिएँछु । यति बेलासम्म कान्ति अत्तरिया पुगेर नतिजा पत्रिकामा हेरेर अनि टेलिफोनबाट सुनेर पनि मेरो घरमा आइसकेछ । बिहान उठ्दा केही याद नै थिएन । घरको मूल गेटमा बाहिर आउने बित्तिकै कान्ति अगाडिबाट ताली बजाउँदै पास पास भन्दै हाँस्दै आइरहेको थियो ।

कुनै ढुक्ढुक् र डर नै रहेन यसरी एक्कासि कान्तिकै मुखबाट पास पास भनेर सुन्दा । जम्मा एसएलसी दिने ६७ जनामध्ये ५ जना पहिलो श्रेणीमा, १८ जना दोस्रो श्रेणीमा र ५ जना तेस्रो श्रेणीमा पास भएको कुरा कान्तिले सुनायो । म र कान्ति पनि दोश्रो श्रेणीमा पास भएछौं । हामी फेरि पिसिओमा गएर फोन गरेर पक्का गर्यौं । १६०० मा डायल गर्दा पनि दोस्रो श्रेणीमा सफल भएको प्रतिक्रिया आयो । फेरि अत्तरिया गयौं । बाटोमा हाम्रै सहपाठी गोकुल पत्रिका लिएर आएको थियो । पत्रिकामा पनि हाम्रो सिम्बल नम्बर प्रकाशित थियो । अत्तरियाबाट मिठाई किनेर घर फर्कियौँ । केही समयपछि मार्कसिट विद्यालयमा आयो । उत्सुकता थियो कि गणितमा कति नम्बर आयो ? बिजगणितको एउटा हिसाब जताबाट सोध्दा नि आउँथ्यो त्यो गरेको थिएँ । सायद त्यसैको ४ अंक बढी आएछ । गणितमा ३६ नम्बर सहित जम्मा ४०५ अंक आएको रहेछ । एकपल्ट यस्तो लागेको थियो पढाई अब यत्तिकै रोकियो । यो गणित नभएको भए त कत्ति पढ्थे होला । तर त्यो संकल्पले काम ग¥यो म एसएलसी पास भएँ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope