बढ्न थाले स्क्रबटाइफस रोगका बिरामी

मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६÷७७ मा २९ र आव २०७५÷७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ । यसबाट बच्न।
उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ । स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस