दुर्घटनामा महिलाको मृत्यु


सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो । घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले बताउनुभयो । ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope