फस्टाउँदै माछापालन


बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रि«क टन खाने माछा उत्पादन गर्ने गरेका छन् ।

करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५, ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेको देखेर गाउँका अरुले पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा पाल्दै आए । पछि एक घर, एक पोखरी निर्माण गरी गाउँलेले माछा उत्पादन गर्न थालेपछि कृषि विकास कार्यालयले नै बोधवनलाई माछा गाउँको नामाकरण गरेको नेपाल माछा व्यवसायी सङ्घका पूर्व अध्यक्ष जङगबहादुर साहले जानकारी दिनुभयो ।

हाल सो गाउँका करिब ३०० घरपरिवारले करिब ६०० पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछापालन गर्दे आएका कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । माछा उत्पादनसँगै गाउँको उन्नती र जीवनस्तरमा सुधार आएको सङ्घका पूर्व अध्यक्ष साहले जानकारी दिनुभयो ।

माछाको वर्षेभरिको आम्दानीबाट किसानले धान, गहँु, मकैलगायत अन्य खाद्यान्न खरिद गरी जीवनयापन गर्ने गरेका छन् । बारामा करिब चार हजार ७०० परिवारले माछा पोखरीमा माछा व्यवसाय गर्दै जिल्लाभरीमा वर्षेनि करिब ५६ हजार मेट्रि«कटन माछा उत्पादन हुने गरेकोमा उत्पादित माछा पोखरा, विराटनगर, काठमाडौँ, चितवनलगायतका ठाउँमा बिक्री वितरण गर्ने गेरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope