हाइटीमा गयो शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो


हाइटीमा गएको शक्तिशाली भूकम्पमा तीन सय बढीको ज्यान गएको छ । हालसम्‍म ३०४ जनाको ज्‍यान गएको पुष्‍टि भएक‍ो छ भने १८ सयभन्‍दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

स्थानीयसमयअनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित व्यापारिक भवन, चर्च तथा होटलहरू भत्किएको समाचारमा उल्‍लेख छ। हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

हाइटीमा सन २०१० मा पनि शक्‍तिशाली भूकम्प गएको थियो । जसमा लाखौँले ज्यान गुमाएका थिए । २०१० को भूकम्पले क्षति पुर्‍याएको हाइटीमा पुनर्निमार्णको कामसमेत पूरा नहुँदै पुन: शक्तिशाली भूकम्प गएको हो ।

स्रोत: ईकागज


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope