विभिन्न अखबारबाट आजका प्रमुख समाचारहरु


ईकागज लेख्छ: दिल्लीस्थित दूतावासलाई किन परिचालन गरिएन ?


‘सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि एक समिति बनाउँदै संकटका समयमा उद्धारमा सरकार प्रतिवद्ध रहेको सन्देश दिएको छ । तर सरकारले सामान्य हेक्का पनि गरेको छैन, यहाँबाट भन्दा दिल्लीबाट नै उद्धार कार्य अघि बढाउन सहज हुने थियो । नयाँ दिल्ली स्थित नेपाली दूतावासले नै अफगानिस्तान हेर्छ । भारतीयले आफ्ना नागरिक फिर्ता गरिरहेका छन‍् । तर हाम्रो दूतावास त्यसमा वेखबर झै छ । परराष्ट्र मन्त्रालयले यत्ति पनि हेक्का राखेन कि भारतस्थित नेपाली दूतावासले अफागानिस्तान हेर्छ । हुन त भारतमा आराम गर्न जानुभएका राजदूत निलाम्बर आचार्यले अफगानिस्तानमा आफ्नो ओहोदाको प्रमाणपत्र समेत बुझाएका छैनन् । उनलाई त्यसतर्फ सोच्‍नु पनि छैन । किनकी नेपालका राजदूतहरु आफ्ना ओहोदाको प्रमाणपत्र बुझाउने र काम गर्ने भन्दा पनि दूतावासमा जाने दैनिक परेको काम गर्ने अन्यथा पहल नगर्ने र फर्कने नै हो । त्यही पदचाप आचार्यले पछ्याएका हुन् ।’

शिलापत्र लेख्छ: राष्ट्रपति घानीले देश छाडे पनि पूर्वराष्ट्रपति कारजाई अफगानिस्तानमै रहने


अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई अफगानिस्तानमै रहने भएका छन् । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले भने देश छाडेका छन् । पूर्वराष्ट्रपति कारजाईले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै आफू काबुलमै रहने जानकारी दिएका हुन् । भिडियोमा उनले आफ्नो परिवार प्रिय काबुलवासीको साथमा रहेको जनाएका छन् । उनले मानिसहरूको जीवन र सम्पत्तिको रक्षा गर्न तालिबानलाई आग्रह गरेका छन् । उनले अफगानी सुरक्षा फौज र तालिबान दुवैले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । अमेरिकी सैन्य अभियानसँगै कारजाई सन् २००१ मा अफगानिस्तानको सत्तामा आएका थिए । उनी सन् २०१४ सम्म सत्तामा रहेका थिए ।

अन्नपूर्ण पोस्ट लेख्छ: अफगान राष्ट्रपति अशरफ घानीले देश छाडे


अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेका हुन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । उनी भागेको पनि हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूले कब्जा गरेपछि राष्ट्रपति घानी राजीनामा दिनुपर्ने दबावमा थिए।

कान्तिपुर लेख्छ: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाए ‘कोब्रा मिटिङ’


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोब्रा मिटिङ’ बोलाएका छन् । अफगानिस्तानको पछिल्लो अवस्था झन् खराब बन्दै गएको भन्दै जोन्सनले आइतबार अपराह्न कोब्रा मिटिङ बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोब्रा एक आपत्‌कालीन प्रतिक्रिया समिति हो । यो समितिमा बेलायती सरकारका मन्त्रीहरु,सरकारी कर्मचारी र छलफल गर्न खोजिएको विषयसँग सम्बन्धित व्यक्ति सामेल हुन्छन् ।

अनलाईन खवर लेख्छ: अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता !


अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope