पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु


विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारीदिनुभयो ।

नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उहाँले जानकारी दिनुभयो । सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उहाँको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आउनुभएको अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । उहाँले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आउनुभएको छ ।

उहाँले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताउनुभयो । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उहाँको भनाइ छ ।

अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताउनुभयो ।

अस्पतालले क्यान्सरको पूर्ण उपचारको सेवा दिने गरी डा मुक्ति देवकोटाको नेतृत्वमा सर्जिकल अङ्कोलोजी, डा बजरङ्ग साहको नेतृत्वमा रिकन्स्ट्रक्शन सर्जरी र डा वीरेन्द्र यादवको नेतृत्वमा रेडियोलोजी विभाग गठन गरिएको छ ।

दश हजारको पाठेघर क्यान्सर निःशुल्क जाँच

अस्पतालका कार्यकारी प्रमुख डा निराजन प्रसाईंले महिलाको पाठेघरसम्बन्धी क्यान्सर रोगी धेरै पाइएको कारण जनचेतना जगाउन १० हजार जाँच गरिने निः शुल्क गरिने जानकारीदिनुभयो । अस्पतालले झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक बिरामीको उपचारमा रु एक लाखको उपचार सहयोग गर्ने उहाँले बताउनुभयो ।

यही भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य बीमासमेत अस्पतालका तर्फबाट गरिने कार्यकारी प्रमुख डा प्रसाईंले घोषणा गर्नुभयो


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope