सुक्खा पहिराले कोशी राजमार्ग अवरुद्ध


उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार बिहानसम्म सडक खुलाउने प्रयास भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले बताउनुभयो । पहिरो हटाउँदा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइडमा ढुङ्गा खस्ने भएका कारण आयोजनाको काम रोक्न लगाएर पहिरो हटाउन थालिएको प्रजिअ पौडेलले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेको मकालु–३ का वडाध्यक्ष टेकबहादुर राईले बताउनुभयो । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope