‘अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप’


मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाउँदै आपत्ति जनाएको छ ।

वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याई गल्ति गर्दासमेत समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै विरोध जनाएको थियो । अहिलेको सरकारले पनि सोही गल्ती दोहो¥याएकामा समाजले आपत्ति जनाएको विज्ञप्तिमा भनिएको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope