गोसाइँकुण्ड आउन थाले तीर्थयात्री

जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन बढ्नसक्ने भएकाले चिकित्सकसमेतको परामर्शमा यस वर्ष विषेश मेला स्थगन गर्ने निर्णय गरिएको हो ।
सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो । भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ ।
रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको हो भन्दै समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा मेला स्थगन गरिएको हो भन्दै उहाँले संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो ।
गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड–१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो । देवादिदेव महादेव बिराजमान रहनुभएको पवित्र तीर्थस्थल जनैपूर्णिमाका दिन विभिन्न शक्तिपीठमा रहेका साढे तीन करोडभन्दा बढी देवदेवताको पनि सहभागिता रहने भएकाले सो दिन गरेको पूजाआजा सबै देवतालाई पनि हुने र आफ्नो मनोकाङ्क्षा पनि पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस