महामारीमा तनावका बीच फोटो पत्रकारले कसरी काम गर्ने


कोभिड–१९ को जोखिम र असरबीच कार्यक्षेत्रमा निरन्तर खट्नुपर्ने भएकाले फोटो पत्रकारहरुले सकारात्मक सोचका आफ्ना क्रियाकलापलाई नियमित बनाउनु पर्ने सुझाव दिइएको छ ।

एक सय ८२ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालको फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तरक्रियामा मनोचिकित्सक प्रा डा सरोजप्रसाद ओझाले जीवनशैलीमा परिवर्तन गर्दै स्वस्थ्य रहेर काम गर्न सुझाव दिनुभएको हो । उहाँले परिणामको तनाव नलिई आफ्नो कर्ममा सकारात्मक ऊर्जाका साथ लागेमा मनमा हुने भय हटेर जाने जनाउनुभयो ।

‘नेपाल फ्याक्ट चेक’का सम्पादक उमेश श्रेष्ठले फोटो पत्रकारहरुले ‘स्ट्रेस’ मा काम गर्नुपर्ने भएकाले मनोवैज्ञानिक पक्षमा ध्यान दिइनु आवश्यक भएको उल्लेख गर्दै फोटो पत्रकारहरुले सामग्रीमार्फत् समाजलाई उचित सन्देश दिनुपर्ने बताउनुभयो ।

समूहका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले समाजमा गलत ‘ट्र्याक’ मा गएकालाई पनि फोटोग्राफीबाट सही सोचाइमा रूपान्तरण गर्न सक्ने बताउनुभयो । समूहका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा समूहका महासचिव प्रदीपराज वन्तले महामारीका बीच फोटो पत्रकारहरुलाई मनोवैज्ञानिक परामर्शका लागि कार्यक्रममको आयोजना गरिएको बताउनुभयो


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope