प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा सात, इलाममा चार, उदयपुरमा दुई र भोजपुरमा एक जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा प्रदेशमा आजै ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस