सीमा नाकाबाट चार लाखको रुद्राक्ष माला बरामद


सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट रु चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला आज बरामद गरेको छ ।बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो ।

बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उहाँको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope