सियो (कविता)

एकदिन तिमीले उपहार दियौ
रातो स्विटर ।
तिमीलाई मन पर्ने रातो रङ
सम्झेर लाउँदै थिएँ ।
अकस्मात् उध्रियो स्विटर
र
सिउन
मैले सियोमा रातै धागो उनेँ,
स्विटर सिलाउँदै गएँ
सिउँदासिउँदै
हृदयबाटै दुखेर आयो-
हाम्रो उध्रेको सम्बन्ध
जो सजिलो छैन
यो स्विटरझैँ सिलाउन ।
आजकल
दैनिकी बनेको छ मेरो,
उध्रेको स्विटर सुमसुम्याउनु
र
उध्रेको हाम्रो सम्बन्ध
मनमनै सिलाइरहनु ।
कवि परिचय: पत्रकारितामा सक्रिय विवेक विवश रेग्मी युवा कवि हुन्। कविता लेखन र वाचन दुवैमा उनको अलग पहिचान छ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस