कलुवापुर– बेलौरी सडक निर्माणकार्यको प्रगति


सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत सीमा क्षेत्रदेखि चाँनदेउसम्मको १४ किलोमिटर र चाँनदेउदेखि कलुवापुरसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य भइरहेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख दीपकसिंह नेगीका अनुसार हालसम्म जम्मा ११ किलोमिटर सडकमा कालोपत्रकार्य सम्पन्न भएको छ । सडकको बाँकी भागमा कालोपत्र गर्नेकार्य भइरहेको छ । आव २०७२÷७३ मा सन्तोषी थेगिम जेभीसँग रु १८ करोड २० लाखको लागतमा सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कालोपत्र गर्ने कार्यमा विलम्ब गर्दा कार्य सुस्त हँुदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बेस राख्ने कार्य पूरा भएको छ । “निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पेश नगर्दासम्म सडक कालोपत्र गर्ने कार्यअगाडि बढाउन दिएको छैन”, कार्यालय प्रमुख नेगीले भन्नुभयो, “प्रतिवेदन तयार गरी पेश गर्नका लागि कार्य अगाडि बढेको छ ।” पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्नति गरेर लैजाँदा निकुञ्जले अवरोध गरेको हो ।

जिल्लाको पुरानो सदरमुकाम बेलौरी हँुदादेखि नै पाँच दशकअघिदेखि चलनचल्तीको सडकका रुपमा यो सडक रहेको छ । विसं २०१९ मा बेलौरीदेखि महेन्द्रनगर सदरमुकाम सारिएको थियो । बेलौरी सदरमुकाम हुँदा सञ्चालनमा आएको उक्त सडक कालोपत्र निर्माण अहिलेसम्म पूरा हुन पाएको छैन ।

प्रमुख नेगीले सडक डिभिजन कार्यालयबाट हस्तान्तरण भएर आएपछि सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलला चौधरी सडक कालोपत्र गर्ने कार्यलाई जति सक्दो छिटो सम्पन्न गर्नुपर्ने बताउनुहुन्छ ।

“विगतको तुलनामा सडक कालोपत्र गर्ने कार्य सन्तोषजनक रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “निकुञ्जको अवरोधबारे प्रदेश सरकारलाई अवगत गराइसकेका छौँं, सडक निर्माणसँगै बेलौरी बजार क्षेत्रमा नाली निर्माण गरिनुपर्छ भनेका छौं ।” सडक कालोपत्र भएमा छोटी भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत वृद्धि हुने बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope