रु दश लाखको छात्रवृत्ति कोष

हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याउनुभएको थियोे ।
क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उहाँले बताउनुभयो । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।
कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस