रौनक हराएको भक्तपुरको गाईजात्रा


‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’ । गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन । कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो । बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो ।

जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए । लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताउनुभयो । मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गर्नुभएका उहाँले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताउनुभयो ।

नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताउनुभयो ।

जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताउनुभयो । जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको बताउनुभयो । गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ । यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope