संसद्को स्थिरताका लागि अध्यादेश ल्याइएको हो : मन्त्री कार्की


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग आज छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।”

गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उहाँ यहाँ आउनुभएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope