बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य


बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गर्नुभएको उहाँको सचिवायले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेशसभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो ।

त्यस अवधिमा प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।

यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएलगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको थियो । उहाँ मुख्यमन्त्री हुनुभएपछि दुई वटा मन्त्रिपरिषद् बैठक बसिसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope