झरी: तिमीलाई सम्झने बहाना (कविता)


जब जब म कौशीमा उभिन्छु
नजिकै आएर कानेखुसी गर्छन्
पुराना यादका बादलहरू ।

मकै छोडाउँदा
आमाले बाटो बनाइदिएझैं
झरीले बनाइदिन्छ सम्झनाका थुप्रै-थुप्रै बाटाहरू

आफैंले बनाएको बाटोमा पर्खिबसेको झरीले
स्पर्शको काउकुती लगाउँछ मलाई
लाजले,
अर्को झरी खस्छ
म रूझ्छु आफ्नै लाजको झरीमा

युगौँदेखिको यो लामो झरीमा
रूखका ओभाना बैंशहरू भिजिसके
सडकले नुहाइसक्यो

चराहरू रूझ्दै उडेको आकाशबाट
बर्सेको छ तिम्रो यादको झरी
तर झरीसँगै कहिल्यै किन आउँदैनौ तिमी ?

के झरी
तिमीलाई सम्झाउने एक बहाना मात्रै हो?
– – –

(अमेरिकामा बसोबास गर्नुहुने कवि निरा शर्मा प्रेम र सौन्दर्यलाई केन्द्रिय भाव बनाएर कविता सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँका कवितामा स्पर्श र दृश्य सघन रूपमा पाइन्छन्। )


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope